गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा मोडिएन निगमको जहाज 

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाज धावन मार्गमा मोडिन सकेन ।

 

बिहीबार ५:५५ बजे सफल अवतरण गरेको राष्ट्रिय ध्वजाबाहक  निगमको ए-३३० वाइडबडी विमान सफल अवतरण गरेर घुमाउने क्रममा धावन मार्गमा मोडिन नसकेको हो ।

 

याे नेपालकाे इतिहासमा दाेस्राे अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा ठूलाे विमानले पहिलाेपटक अवतरण गरेकाे छ । जहाज बिहिबार दिउँसो ३ बजे उड्ने भनिएपनि २ घण्टा डिलाे गरेर
५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेकाे थियाे    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कर्मचारी र पत्रकार सहित विमान २६० यात्रु बोकेर पूर्ण उडेकाे थियो ।

 

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा अन्तर्राष्ट्रिय स्तरकाे दाेस्राे ठूलाे विमान संञ्चालनमा आएकाे र सुरक्षित छ भन्ने सन्देश दिन यस्ताे विमान उडान गरिएकाे हाे ।

 

याे विमानस्थल वैशाख ८ गते देखि संञ्चालनमा आएपनि जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने प्राधिकरणकाे तयारी छ ।

आन्तरिक हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी Read Previous

आन्तरिक हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी

चन्द्रागिरि हिल्सको संचालन आम्दानी अढाइ गुणाले बढ्यो, यस्तो छ वित्तीय अवस्था Read Next

चन्द्रागिरि हिल्सको संचालन आम्दानी अढाइ गुणाले बढ्यो, यस्तो छ वित्तीय अवस्था