आन्तरिक हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी

काठमाडौं । वायुसेवा संचालकहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

 

प्राधिकरणले एयरलाइन्स कम्पनीहरुलाई रातिको समयमा पनि उडान पत्र पठाएसँगै वायुसेवा संचालक संघले राति ८ पछि उडान गर्न नसकिने बताएको हुन् । प्राधिकरणले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघले चेतावनी दिएको हो ।

 

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।संघका प्रवक्ता योगराज कँडेलले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणको तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको भन्दै तत्काल रातको ८ बजे पछिका नियमित उडान गर्न नसक्ने जनाएका हुन् ।

 

अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने भएकाले प्राधिकरणको निर्णय मान्न नसकिने संघले जनाएको छ ।

 

वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघमा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स बाहेक निजी क्षेत्रका सबै एयरलाइन्स कम्पनीहरु आबद्ध छन् ।

स्वदेशी रबर उद्योग बन्द गरेर ९ अर्बको टायर आयात Read Previous

स्वदेशी रबर उद्योग बन्द गरेर ९ अर्बको टायर आयात

गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा मोडिएन निगमको जहाज  Read Next

गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा मोडिएन निगमको जहाज