वैशाखको ९ दिनमै बैंकबाट २२ अर्ब बाहिरियो, कसले झिक्यो ?

काठमाडौं । वैशाख महिनाको ९ दिनमै बैंकिङ प्रणालीबाट २२ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाख २ गतेदेखि ९ गतेसम्मको अवधिमा उक्त निक्षेप फिर्ता गएको हो ।

 

संघको तथ्यांक अनुसार चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ९ गतेसम्म आइपुग्दा घटेर ४३ खर्ब ६७ अर्बमा सीमित भएको छ । वैशाख पहिलो साता १२ अर्ब र दोस्रो साता १० अर्ब निक्षेप घटेको संघले जनाएको छ ।

 

नेपाल आय निगमले इन्डियन आयल कर्पोरेशनलाई तेलको भुक्तानी गर्नका लागि बैंकमा राखेको पैसा झिक्दा निक्षेप बाहिरिएको बताइएको छ ।साथै, स्थानीय तहको चुनावका लागि राजनीतिक दलका नेताहरुले यसअघि बैंकमा राखेको पैसा झिक्दा पनि निक्षेप बाहिरिएको बताइन्छ ।

 

बैंकबाट २२ अर्ब बाहिरिँदा बैंकहरुको कर्जा विस्तार पनि घटेको छ । वैशाखको दुई सातामा बैंकहरुको कर्जा विस्तार ३ अर्बले घटेको संघले बताएको छ । वैशाख दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ ।

 

विक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालु वर्षमै नाफामा जाने Read Previous

विक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालु वर्षमै नाफामा जाने

नाडेप लघुवित्तको नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था Read Next

नाडेप लघुवित्तको नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था