पत्रकार शाह उपराष्ट्रपति पुनद्वारा सम्मानित

काठमाडौं । पत्रकार उज्वलजंग शाह उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा सम्मानित भएका छन् । फोकस नेपालद्वारा आयोजित लोकतन्त्र दिवस–२०७९ को विशेष समारोहमा शाह ‘विशेष सेवा सम्मान-२०७९’बाट सम्मानित भएका हुन् ।

 

शाह विगत लामो समयदेखि अत्यन्त निष्ठा र सर्म्पणका साथ सञ्चार क्षेत्रमा आबद्व छन् । यस्तै, आर्थिक व्यस्थापन, सेवामूलक व्यवसायी तथा समाजसेवीका रुपमा पनि शाह परिचित छन् ।

 

दुई दशकदेखि पत्रकारीता क्षेत्रमा सक्रिय रहँदै आएका शाह नेपाल अटो पत्रकार संघका अध्यक्ष, ईश्वरलाल प्रतिष्ठानका सचिव समेत रहेका छन् । आर्थिक क्षेत्रका पत्रकारितामा अब्बल मानिने शाहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।

वैशाख १५ देखि जुत्ता चप्पल व्यापार मेला हुने Read Previous

वैशाख १५ देखि जुत्ता चप्पल व्यापार मेला हुने

विक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालु वर्षमै नाफामा जाने Read Next

विक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालु वर्षमै नाफामा जाने