प्रभु बैंकको बागलुङ्ग मालपोतमा एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालयमा बुधबारदेखि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

 

एक्स्टेन्सन काउण्टरको उद्घाटन कार्यालय प्रमुख केशवराज ढकाल र राजश्व प्रमुख अधिकृत बिष्णु प्रसाद शर्माले गरे।

 

अब मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन्।

 

प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा ३२ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

एनआइसी एशिया बैंकको पिओएस सेवा सुरु Read Previous

एनआइसी एशिया बैंकको पिओएस सेवा सुरु

अमेरिका–चीन व्यापार युद्धले जापानको निर्यात १२ प्रतिशतले घट्यो Read Next

अमेरिका–चीन व्यापार युद्धले जापानको निर्यात १२ प्रतिशतले घट्यो