यी १४ बीमा कम्पनीले बुझाएनन् पूँजी वृद्धि योजना, यस्तो हुन्छ कारबाही

काठमाडौं । बीमा समितिले तोकेको समयभित्र १४ वटा बीमा कम्पनीहरू ले पूँजी वृद्धि योजना (क्यापिट प्लान) बुझाएनन् । समितिले आइतबारसम्म सो योजना पेस गर्न निर्देशन दिए पनि १४ बीमा कम्पनीहरू ले आफ्नो बुझाउन नसकेका हुन् ।

 

३९ जीवन र निर्जीवन कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स बाहेकका कम्पनीले पूँजी वृद्धिको योजना पेस गर्नुपर्ने थियो । तर, २४ वटा कम्पनीले मात्रै क्यापिट प्लान बुझाएको बीमा समितिले जनाएको छ ।

 

समितिका अनुसार आइतबारसम्म १२ जीवन र १२ वटा निर्जिवन बीमा कम्पनीहरू ले पूँजी वृद्धिको योजना पेस गरेका छन् भने ६ वटा जीवन बीमा र ८ वटा निर्जीवन बीमा कम्पनीले आफ्नो योजना बुझाएका छैनन् ।

 

यी हुन् पूँजी वृद्धि योजना नबुझाउने कम्पनीहरू

 

समितका अनुसार १४ वटा कम्पनीले पूँजी वृद्धि योजना पेश नगरेका हुन् । योजना पेस नगर्नेमा जीवन बीमा कम्पनीहरू मा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानसहित, प्राइम लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु लाइफ रहेका छन् ।

 

यी मध्ये रिलायबलले यसअघि तोकिएको चुक्ता पूँजी २ अर्ब समेत पुर्याएको छैन । रिलायबलले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 

यस्तै, निर्जीवन बीमातफ हिमालयन जनरल, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी, सिद्धार्थ इन्स्योरेन्स, दी ओरियण्टल, नेशनल र राष्ट्रिय बीमा कम्पनीले पूँजी वृद्धिको योजना पेस गरेका छैनन् ।

 

क्यापिटल प्लान बुझाएका अधिकांश बीमा कम्पनीहरू ले हकप्रद जारी गर्ने, बोनस सेयर दिने, मर्जर तथा आइपीओ निष्कासन गर्ने योजना पेस गरेको समितिले जनाएको छ ।

 

क्यापिटल प्लान नबुझाउनेलाई कारबाही हुन्छ’

 

समितिले तोकिएको समयसीमा भित्र पूँजी वृद्धि योजना पेश नगर्ने कम्पनीहरू लाई कानुन अनुसार कारबाही हुने जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पैडेलले तोकिएको अवधिमा पूँजी वृद्धिको योजना नबुझाउने बीमा कम्पनीहरू लाई कारबाही गर्ने बताए ।

 

‘हामीले कम्पनीहरू लाई पूँजी वृद्धि योजना पेस गर्न १ महिनाको समय दिएका थियौं, सो अवधिमा २४ वटाले मात्र बुझाए, अझै १४ वटाले बुझाएका छैनन्,’ उनले भने, ‘समितिको निर्णय वेवास्ता गर्दै योजना नबुझाउनेलाई अब कानुन अनुसार कारबाही गर्छौं ।’

 

तोकिएको समयमा क्यापिटल प्लान बुझाउन नसक्ने कम्पनीहरू लाई समितिले बीमा ऐन अनुसार १० हजार रुपैयाँ जारीवना गराउने जनाइएको छ ।

 

गत चैत १० मा समितिले जीवन र निर्जिवन बीमा कम्पनीहरू को पूँजी साढे दुई गुणाले बढाउने समितिले निर्णय गरेको थियो । बीमा कम्पनीहरू ले २०७९ को चैत मसान्त भित्र तोकिएको पूँजी कायम गरिसक्नुपर्ने छ ।

 

समितिले जीवन बीमा कम्पनीको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूजी २.५ अर्ब पूँजी तोकेको छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको थियो ।

 

बीमा कम्पनीको संख्या घटाएर संस्थागत सुशासन र वित्तीय आधार बलियो बनाउनुका साथै बीमाको पहुँच बढाउन मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिएर पूँजी वृद्धि गरिने समितिको दाबी छ ।

 

 

अब लाइसेन्स बनाउन कुर्नुनपर्ने : आजै बायोमेट्रिक, भोलि लिखित र पर्सी ट्रायल Read Previous

अब लाइसेन्स बनाउन कुर्नुनपर्ने : आजै बायोमेट्रिक, भोलि लिखित र पर्सी ट्रायल

११ देखि १५ वटा वाणिज्य बैंक भए पुग्ने निष्कर्ष Read Next

११ देखि १५ वटा वाणिज्य बैंक भए पुग्ने निष्कर्ष