काठमाडौं । माछापुच्छ्रे बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा १९ प्रकारका छुट योजनाहरु ल्याएको छ। बैंकले असोज महिनाभरीसम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्ने जनाएको छ।
बैंकले ग्राहकलाई असोजमा निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोलिदिने जनाएको छ। बैंकका अनुसार देशभरका भाटभटेनी सुपरमार्केटहरुमा आफ्नो डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरीद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक पाइनेछ।
बैंकले योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआररयुएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ।
बैंकले हाल देशभर १३७ वटा शाखा, १२८ शाखा रहित बैकिङ्ग सेवा र १६० वटा एटीएमबाट सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।