सर्वोच्चको आदेशसँगै काममा फर्किए गभर्नर अधिकारी

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनः काममा फर्किएका छन् ।

बुधबार अधिकारीलाई राष्ट्र बैंकका कर्मचारीले कार्यालय परिसरमा भब्य स्वागत गरेका छन् । काममा फर्किएपछि उनले संस्थामाथि सरकारले आकर्मण गरेको बताउँदै पूर्वाग्रह रहीत ढंगले काम गर्ने बताए ।

मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको थियो । त्यसपछि उनी स्वतह निलम्बनमा परेका थिए ।

सरकारको उक्त निर्णय विरुद्ध अधिकारी मंगलबार सर्वोच्च अदालत गएका थिए ।
अधिकारीले दिएको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उक्त निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको उक्त आदेशसँगै गभर्नर अधिकारीलाई काममा फर्कने बाटो खुलेको थियो । सरकारले आफूमाथि वदनियत राखेर पूर्वाग्राही ढंगले निलम्बन गरेको भन्दै अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

भ्यू टावर र सभाहल बनाउन बजेट दिँदैनौ : मन्त्री झाँक्री Read Previous

भ्यू टावर र सभाहल बनाउन बजेट दिँदैनौ : मन्त्री झाँक्री

चालु वर्षमा मात्रै २६ अर्बको तरकारी आयात, आयात रोक्न कति सम्भव ? Read Next

चालु वर्षमा मात्रै २६ अर्बको तरकारी आयात, आयात रोक्न कति सम्भव ?