काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीले निगमलाई अप्रिल १६ (वैशाख ३ गते) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । निगमलाई आइओसीबाट प्राप्त मूल्यसूची अनुसार पेट्रोलको मूल्य थोरै घटेको छ भने डिजेल, मट्टितेल, हवाइ इन्धनको मूल्य बढेको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.७९ रुपैयाँ घटेको छ भने डिजेल प्रतिलिटर २.०२ रुपैयाँ, हवाई इन्धन ०.३८ रुपैयाँ बढेर आएको छ ।
पेट्रोलियम पदार्थको विक्रीबाट आगामी १५ दिनमा मात्रै ३ अर्ब ७३ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ ।