काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी वैशाख १३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा वेशाख २७ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबी बैंकको बेंसीशहर शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङमा एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।