नेष्डो समृद्ध लघुवित्तको सेयरमा लगातार १३ औं दिन पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो भाउ ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगातार १३ औं दिन पोजेटिभ सर्किट लागेको छ । चैत १४ गतेदेखि कारोबारमा आएको लघुवित्तको त्यसयता सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।

 

७४७.७ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १३ कारोबार दिनमा बढेर २४८८.९० रुपैयाँ पुगेको छ । १३ दिनमा लघुवित्तको सेयर भाउ प्रतिकित्ता १७४१.२ रुपैयाँ अर्थात् साढे ३ गुणा बढेको छ ।

 

कारोबारमा आएको तीन साता बिते पनि लघुवित्तको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । हालसम्म लघुवित्तको ३ हजार कित्ता हाराहारीम मात्र कारोबार भएको छ ।

 

लघुवित्तमा सर्वसाधरणको सेयर हिस्सा थोरै रहेकाले आपूर्ति कम भएको हो । नेप्सेमा सर्वसाधरणतर्फको ८ लाख २८हजार कित्ता सेयर सूचीकृत भए पनि बलियो कम्पनी रहेकाले भाउ निकै माथि जाने आशामा सेयर विक्रीमा ल्याएका छैनन् ।

 

लघुवित्तले फागुन ११ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २८ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

१७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ वितरणपछि २५ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

आर्थिक संकट बढेसँगै श्रीलंकाको सेयर बजार ५ दिनका लागि बन्द Read Previous

आर्थिक संकट बढेसँगै श्रीलंकाको सेयर बजार ५ दिनका लागि बन्द

विदेशी पर्यटक बढ्दै, दैनिक २ हजार आउन थाले Read Next

विदेशी पर्यटक बढ्दै, दैनिक २ हजार आउन थाले