मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ

काठमाडौं । मेगा बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिएको छ ।

 

मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो । यसअघि उनी मेगामै डेपुटी सीईओको रुपमा कार्यरत थिइन् ।

 

सीईओ अनुपमा खुञ्जेलीले ४ वर्षे कार्यकाल पूरा हुनु केही दिनअघि राजीनामा दिएर बाहिरिएसँगै अर्को व्यवस्था नहुञ्जेलसम्मलाई श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको हो।

 

३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।

 

सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो Read Previous

सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो

फागुनमा उर्लिएको घरजग्गा कारोबार चैतमा ओरालो, यी १० ठाउँमा भयो धेरै किनबेच Read Next

फागुनमा उर्लिएको घरजग्गा कारोबार चैतमा ओरालो, यी १० ठाउँमा भयो धेरै किनबेच