सिंहदरवार भित्र खानेपानीदेखि बिजुलीको तारसम्म भूमिगत गरिने, ‘मास्टर प्लान’ तयार

"यूटिलिटी ऐन कि ऐनभित्र यूटिलिटीमै अल्झिँदै सरकार"

काठमाडौं । सिंहदरबार भित्र रहेका बिजुलीका तार, खानेपानीका पाइपलाइनहरू सबै भूमिगत गरिने भएको छ । उक्त व्यवस्थापनका लागि ‘युटिलिटी करिडोर’ अपनाइने सहरी विकास मन्त्रालयले जनाएको छ ।

 

सहरी विकास मन्त्रालयका अनुसार सिंहदरबार भित्र खानेपानी, ढल, बिजुलीका तार, केबलका तार लगायत सबैको व्यवस्थापन युटिलिटी करिडोर बनाएर गरिने छ ।

 

‘युटिलिटी करिडोर बनाएर बिजुलीका तारदेखि सबै पाइपहरू त्यसैबाट व्यवस्थापन गरिने छ, जसले गर्दा सिंहदरवार सुन्दर बन्ने छ अनि व्यवस्थित पनि बन्ने छ,’ मन्त्रालयका एक कर्मचारीले चाणक्य पोष्टसँग भने ‘यसले लथालिङ रहेका तारहरूलाई व्यवस्थित बन्नेछ, चाँडै यसको काम सुरू गर्ने कुरा छ ।’

 

सिंहदरबार भित्र विद्युतीय तार भूमिगत, खानेपानी, ढल व्यवस्थापनका लागि मास्टर प्लान तयार भइसकेको छ । उक्त मास्टर प्लान क्याबिनेटबाट पास हुने तयारीमा रहेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

 

मन्त्रालयका सिनियर डिभिजन इन्जिनीयर तथा सूचना अधिकारी रोशन श्रेष्ठका अनुसार सिंहदरबार भित्र विद्युतीय तार, खानेपानी, ढललाई यूटिलिटी करिडोरबाट व्यवस्थापन गर्नेगरी मास्टर प्लान बनिसकेको छ । उनले उक्त मास्टर प्लान क्याबिनेटमा जाने क्रममा रहेको बताए । उक्त मास्टर प्लान क्याबिनेटबाट पास भएपछि निर्माण प्रकृया सुरू गरिने छ ।

 

‘मास्टर प्लान तयार छ, क्याबिनेटमा जाने क्रममा रहेको छ, उताबाट पास भएर आएपछि निर्माण प्रकृया सुरू गरिहाल्ने छौं,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

छुट्टै यूटिलिटी ऐन बनाउने कि सहरी ऐनमै समावेश गर्नेमा अन्योल

 

सरकारले आवश्यक सेवाका सामग्री भूमिगतका लागि ‘यूटिलिटी करिडोर ऐन’ ल्याउने भने थियो । ऐनका लागि ड्राफ्ट तयार भइसकेको सहरी विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनीयर श्रेष्ठले बताए ।

 

उनले नयाँ ऐन भित्र छुट्टै सेक्सन बनाएर यूटिलिटी करिडोरको विषय समावेश गरेर ड्राफ्ट बनाइएको बताए । छुट्टै यूटिलिटी करिडोर ऐनको ड्राफ्ट समेत निर्माण गरी तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

 

‘युटिलिटी करिडोर निर्माणका लागि हामीले ऐनबाट पास गरे पनि तयार गरेका छाँै, छुट्टै यूटिलिटी ऐन नै बनाउने हो भने पनि त्यसको ड्राफ्ट तयार गरेका छौं, यूटिलिटी करिडोर ऐन पास गर्ने कि यूटिलिटी ऐनलाई सहरी विकास ऐनमा राखेर पास गर्ने भन्ने विषयमा निष्कर्ष ननिस्केको हो,’ उनले चाणकय पोष्टसँग भने ।

 

यूटिलिटी करिडोर ऐन निर्माण भएपछि देशभरका बिजुलीका तर, ढल तथा खानेपानीका पाइपहरूलाई सोही प्रविधिबाट लगिने छ । सडकको सतहबाटै सबै पूर्वाधार लैजानु पर्ने हुँदा उक्त विषयमा सबै सम्बन्धित मन्त्रालयहरूसँग सहकार्य गरी अघि बढ्नुपर्ने देखिन्छ । यसअघि उक्त विषयमा कार्य अघि बढाउन खोज्दा एक निकायले गरेको कामले अर्को निकायलाई समस्या पुग्ने गरेको थियो । सोही समस्याको समाधानका लागि व्यवस्थीत ऐन ल्याउन लागिएको हो ।

 

त्यसो भएतापनि सबै ठाउँमा यूटिलिटी सिंगल कोरिडोर बनाएर लैजान नसकिने विज्ञहरूको भनाई छ । सिंहदरबार भित्रका सबै सडक ठूलो भएका कारण सिंगल यूटिलिटी करिडोरबाठ बिजुलीका तारहरू लगिने छ ।

 

के हो यूटिलिटी करिडोर ?

 

यूटिलिटी करिडोर भन्नाले जमिनको सतह भित्र आवश्यक भौतिक पूर्वाधारलाई भू्मिगत मार्फत लैजानु हो । यसो गर्नाले पानी, ढल, बिजुलीका पोल भन्दै घरीघरी सडक खन्नु पर्ने अवस्था सृजना नहुने छैन् ।

 

यूटिलिटी करिडोर सडकमा दाँयाबाँया सुरूङ बनाएर एकै ठाउँबाट बीजुली, खानेपानी, ढल राख्नलाई प्रयोग गरिने मार्ग बुझिन्छ । यूटिलिटी करिडोर निर्माण पछि विभिन्न समयमा निर्माणका क्रममा आउने समस्या, ट्राफिक तथा भौतिक समस्या आउने छैन ।

 

उपत्यकामा यूटिलिटी करिडोर कतिको सम्भव ?

 

उपत्यका भित्रका मुख्य सडकहरू बाहेक अन्य आन्तरिक सडक सबैतिर युटिलिटी सम्भावना छैन । कतै साना कतै ठूला सडक भएका कारण साँघुरा सडकहरूमा त्यो व्यवस्थालाई लागू गर्न नसकिने भएको हो ।ठूला सडक भएका ठाउँमा सिंगल सर्भिस अन्डरग्राउण्ड लानु पर्नेछ भने साना सडक तथा गल्लीमा अवस्था हेरी ‘डब्ड सर्भिस अन्डरगाउण्ड’को व्यवस्था गरिनुपर्नेछ ।

 

यूटिलिटी कोरिडोरले सबै निकायका पूर्वाधारहरूलाई एकै ठाउँमा आउन बाध्यकारी व्यवस्था ल्याउन लागेको हो । यूटिलिटी व्यवस्थापनको कार्यान्वयनका लागि गाइडलाइन समेत बनाइँदै छ । एशियन विकास बैंकले यूटिलिटी गाइडलाइनको प्रारम्भिक अध्ययन पेस गरेको छ । सो प्रस्ताव स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने छ ।

 

यूटिलिटी लेनको व्यवस्था

 

यूटिलिटी लेन अनुसार सडक मुनि टनेल बनाइने छ । त्यसमा यूटिलिटी इन्फा स्टक्चरलाई एकै ठाउँमा राखिने छ । यस्तो एकीकृत व्यवस्थाका लागि दुई वटामा विभाजन गरेर बनाउनु पर्ने बताइदै आएको छ । एउटा ‘वेट’ (पानी, ढल) च्यानल छुट्टै करिडोर बनाइनु पर्ने छ । ‘ड्राइ’ (बिजुली, टिभी, नेट, तार) लगायतका च्यानलहरूलाई छुट्याइने योजना रहेको छ । यी दुवै च्यानललाई छुट्याएर लैजान सकियो भने राम्रो हुने विज्ञ बताउँछन् ।

 

यसरी लाने यूटिलिटी करिडोर कसरी लाने भनेर छलफल भइरहेको छ । यसका लागि अन्डर सर्फेस बनाएर लानुपर्ने हुन्छ । त्यो सडकको दाँयाबाँया, पेटी, सडकको बीच लगायतका जुनसुकै ठाउँमा पनि हुन सक्ने छ ।

 

नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर Read Next

मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर