काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ ।
बैंकका ग्राहक तथा कर्मचारीले २० हजार रुपैयाँको सीजी डिजीटलको उत्पादनहरु गरी एनएमबीको कुनै पनि कार्ड, पीओएस वा अनलाइनमा भुक्तानी बाट भुक्तानी गर्दा २ हजार क्यासब्याक पाउने भएका छन् ।
यो योजना चैत २९ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुने जनाइएको छ ।
यस्तै, एनएमबी ग्राहकले दराज अनलाइन्बाट समान खरीद गर्दा १० प्रतिशत वा १ हजार रुपैयाँ छुट पाउने भएका छन् । साथै, क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा १ हजार ५०० रुपैयाँसम्म छुट पाउन सक्नुहुनेछ । यो योजना चैत्र २८ देखि सीमित अवधिका लागि मात्र लागू छ ।
यसैगरी, बैंकको ग्राहकले भल्ःद्य एप बाट स्क्यान गरी दैनिक उपभोग्य वस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा १० रुपैयाँ क्यासब्याक पाउनुका साथै हेलीकप्टर चढी सगरमाथा भ्रमण गर्ने मौका पाउनेछन्