बुद्ध एयरको बोर्डिङ पास देखाए अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाइने

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुध्द एयर र पोखराको अन्नपूर्ण केबलकार बीच सम्झौतामा भएको छ । सम्झौता अनुसार अब बुद्ध एयरको बोर्डिङ पासमा केबलकारको टिकटमा १२ प्रतिशत छुट हुने भएको छ ।

 

बद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कारमा १२ प्रतिशत छुट पाउने भएका हुन् । बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र केबलकार चढ्नेले यो सुविधा पाउने कम्पनीले जनाएको छ ।

 

बद्ध एयरले काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दैै आएको छ । बुद्धले एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज रहेका छन् ।

चेम्बर अफ कमर्शको ७१औं वार्षिक साधारण सभा सम्पन्न Read Previous

चेम्बर अफ कमर्शको ७१औं वार्षिक साधारण सभा सम्पन्न

बैंकले अब यी वस्तुको एलसी नखोल्ने Read Next

बैंकले अब यी वस्तुको एलसी नखोल्ने