गर्भनर महाप्रसाद अधिकारी निलम्बित, कार्यवाहकको जिम्मा ढुंगानालाई

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक छानबिन समिति गठन गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेको हो। शुक्रबार अधिकारीलाई सरकारले निलम्बन गरेको पत्र पठाएको हो ।

 

समितिले अधिकारी माथि अर्थ मन्त्रालयले दिएको निर्देशन सम्बन्धी सूचना चुहाएको, आर्थिक संकट सिर्जना हुनुमा उनको कमजोरी रहेको लगायत निष्कर्ष निकालेर अधिकारीलाई निलम्बन गरेको हो ।

 

लामो समयदेखि अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर अधिकारी बीच मतभेद समेत रहँदै आएको थियो । अधिकारी निलम्बन गरेसँगै सरकारले कार्यवाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको छ।

 

अधिकारी माथि लागेको आरोपबारे छानबिन गर्न सरकारले पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनाएको छ । समितिमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेका छन् । उक्त समितिले अधिकारीमाथि लागेको आरोपबारे छानबिन गरी १ महिनाभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

 

अधिकारी खड्गप्रसाद ओली सरकारको पालामा २०७६ चैत २४ गर्भनरमा नियुक्त भएका थिए । अझै ३ वर्ष कार्यकाल बाँकी रहे पनि उनलार्ई सरकारले निलम्बन गरेको हो ।

वैदेशिक रोजगारीमा जानेलाई १०० डलर ऋण दिइने Read Previous

वैदेशिक रोजगारीमा जानेलाई १०० डलर ऋण दिइने

रिभर फल्स पावरको आइपीओ खुल्यो,  १ लाख कित्ता भर्न पाइने Read Next

रिभर फल्स पावरको आइपीओ खुल्यो, १ लाख कित्ता भर्न पाइने