वैदेशिक रोजगारीमा जानेलाई १०० डलर ऋण दिइने

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जानेहरूलाई १०० डलरसम्म ऋण दिने भएको छ । विदेशमा गएपछि काम नगर्दासम्म बेखर्ची हुन नपरोस् भन्ने उद्देश्यले उक्त ऋण दिने प्रस्ताव गरिएको हो ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले विदेश गएकाहरु काममा नलाउनुजेल खर्च अभाव नहोस भनेर उक्त व्यवस्था गर्ने बारे छलफल भइरहेको बताए ।

 

उनले बैंकरहरुससँग आज भएको छलफलमा यस्तो प्रस्ताव गरिएको जानकारी दिए । वैदेशिक रोजगारीबाट फर्किएर उद्यम व्यवसाय गरी स्वरोजगार तथा रोजगार प्रवर्धन गर्ने उद्यमीलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएका हुन् ।

 

उनले एकसाता भित्र उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बैंकहरुसँग छलफल भएको बताए । ‘विदेशमा वैदेशिक रोजगारीका लागि जानेहरुका लागि हामीले १०० डलरसम्म ऋण दिने विषयमा पनि बैंकरहरुसँग कुरा थालेका छौं,’ श्रेष्ठले भने ‘विदेशमा गएर काम नपाउँदा सम्म आफैं भौतारिँदै भोकै अलपत्र पर्नुपर्ने बाध्यता भउकाले हामीले यस्तो कार्यक्रम अघि सारेका हौँ ।’

 

यस्तै मन्त्रालयले उक्त कार्यक्रममा ८ जना विदेशबाट फर्केर नेपालमै उद्यमि गर्दै रोजगार सृजना गर्नेलाई सम्मान तथा पुस्कृत गरेको थियो । ७ वटै प्रदेशबाट मानिसहरु छनोट भएका थिए ।

 

अनलाइनमै मेल मार्फत उद्यमीहरु समावेस भएका थिए । मन्त्रालयले २०७८ माघ १९ गते उक्त सुचना प्रकाशन गरेको थियो ।

अघि बढ्यो ग्वार्को  ‘फ्लाइ ओभर’को डिजाइन, २ महिनामा सकिने Read Previous

अघि बढ्यो ग्वार्को  ‘फ्लाइ ओभर’को डिजाइन, २ महिनामा सकिने

गर्भनर महाप्रसाद अधिकारी निलम्बित, कार्यवाहकको जिम्मा ढुंगानालाई Read Next

गर्भनर महाप्रसाद अधिकारी निलम्बित, कार्यवाहकको जिम्मा ढुंगानालाई