आकस्मिक अवतरण गर्दै गरेको बोइङ ७५७ धावनमार्गमै दुई टुक्रा (भिडियोसहित)

एजेन्सी । कार्गो कम्पनी डीएचएलको एउटा बोइङ ७५७ विमान आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा दुई टुक्रा भएको छ । कोष्टारिकाको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरणका क्रममा उक्त विमान धावनमार्ग दुर्घटनामा परेको हो ।

 

सामान्य रुपमा नै अवतरण गरेको विमान धावनमार्गमा झरेर केही गुडेपछि यूटर्न भएको सो जहाज धावनमार्गबाट बाहिर चौउरमा पुगेको भिडियोमा देखिएको छ ।डीएचएलका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्य मात्र रहेका र उनीहरू सकुशल रहेका छन् ।

 

उत्तर अमेरिकी देश ग्वाटेमालाका लागि उडेको सो विमानमा हाइड्रोलिक समस्या देखिएको भन्दै पाइलटले आकस्मिक अवतरण गराएको कोष्टारिकाको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

 

दुर्घटनामा परेको विमान सन् १९९९ मा बनेको हो ।

 

निगमको जहाजको पाङ्ग्रामा समस्या देखिएको बारे छानबिन गर्न उच्चस्तरीय समिति गठन Read Previous

निगमको जहाजको पाङ्ग्रामा समस्या देखिएको बारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

निफ्रासहित थप ८ संस्थाले पाए बुक बिल्डिङमा भाग लिन पाउने अनुमति (नामसहित) Read Next

निफ्रासहित थप ८ संस्थाले पाए बुक बिल्डिङमा भाग लिन पाउने अनुमति (नामसहित)