मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन ५ दिन बाँकी रहे पनि खुञ्जेलीले सो अगावै पदबाट राजीनामा दिएकी हुन् ।

 

उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिँदै छ । उनले दोस्रो कार्यकालका लागि बैंकको सीईओमा दोहोरिन चाहे पनि सञ्चालक समितिले निरन्तरता दिन नचाहेपछि उनले राजीनामा दिएको बताइएको छ ।

 

यद्यपि, उनले राजीनामा दिए पनि अहिलेसम्म संचालक समितले स्वीकृत गरेको छैन । खुञ्जेली २०७४ चैत ३० गते मेगा बैंकको सीईओ भएकी थिइन् ।

 

खुञ्जेली नेपालीवाणिज्य बैंकहरुकै पहिलो महिला सीईओ हुन् । उनले तत्कालीन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड) नबिल बैंकमा पनि काम गरेकी थिइन् ।

काठमाडौंमा अर्को केबलकार थपिँदै, ३ वर्ष भित्र निर्माण सम्पन्न हुने Read Previous

काठमाडौंमा अर्को केबलकार थपिँदै, ३ वर्ष भित्र निर्माण सम्पन्न हुने

नागढुंगा-मुग्लिन सडकमा दुई लेनका २४ नयाँ पुल बनाइँदै Read Next

नागढुंगा-मुग्लिन सडकमा दुई लेनका २४ नयाँ पुल बनाइँदै