काठमाडौंमा अर्को केबलकार थपिँदै, ३ वर्ष भित्र निर्माण सम्पन्न हुने

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ को चाल्नाखेल, बोसनमा केबलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केबलकार सञ्चालन गर्ने भएको हो ।

 

कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया सुरू हुने जानकारी दिए । उनका अनुसार अबको तीन वर्षमा निर्मण कार्य सम्पन्न भई सो केबलकार सञ्चालनमा आउने छ ।

 

कम्पनीका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाँडाहरू गरी करीब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानूनी अवरोधहरूको निकास सम्मानित सर्वोच्च अदालतबाट २०७४ कात्तिक २८ को निर्णय बाट प्राप्त गरीसकेपछि यो परियोजनाको कार्य तीव्र्र गतिले प्रारम्भ गरिएको कम्पनीले जनाएको छ ।

 

यो केबलकार परियोजना २०७६ वैशाख २ गते बसेको ७१औं नगर कार्यपालिकाको निर्णय अनुसार वैशख ६ गते केबलकार निर्माण तथा संचालन अनुमती प्राप्त भएको थियो ।

 

कम्पनीले उक्त दक्षिणकाली नगरपालिका बाट २०७६ वैशाख ६ गते निर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरे पश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरू नेपाल तथा नेपालबाहिर विभिन्न देशमा बस्ने भएको हुँदा निज जग्गाधनीहरूलाई सम्पर्क गरी निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोपवेका जग्गाहरू खरिद गर्ने काम सम्पन्न गरिएको छ ।

 

कम्पनीले उक्तकार्य गर्दा गर्दै कोभिड–१९ को माहामारी देशै भरी फैलिइ देशै बन्द रहेको अवस्था भएकोमा ६ महिनाकामगर्न नसकि सो पश्चात उक्त क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वेको सर्भे गरिएको चम्पादेवीमाताको मन्दीर एरिया, माउण्टेन–१ र २ सर्भेको काम भएको छ ।

 

कम्पनीले उक्त केबुलकार संचालनकालागि डिजाइन अष्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ । कम्पनीका अनुसार यहाँ ल्याइने केबलकार यूरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवीमाताको मन्दीरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमाल बाट गरिएको हो ।

 

कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार विस २०७९ को अन्त्यमा सुरु गरेर २०८१ को अन्त्यमा सक्ने जनाइएको छ ।

 

कम्पनीले विदेशीलगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको छ । यो परियोजना संचालनको लागी स्थानीयवासीको पनि पूर्ण सहयोगको अपेक्षा गरिएको छ । कम्पनीले बोसन गाउँदेखि बेस स्टेशनसम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार विस्तारका लागी सम्बन्धित निकायहरूलाई अभिलम्ब आवश्यकपहल गरी दिन पनि अनुरोध गरेको छ ।

'इसान' स्मार्ट सिटीको डीपीआर बल्ल मन्त्रिपरिषद्मा पुग्यो, मन्त्री फेरिएको फेरियै गर्दा परेन प्राथमिकतामा Read Previous

'इसान' स्मार्ट सिटीको डीपीआर बल्ल मन्त्रिपरिषद्मा पुग्यो, मन्त्री फेरिएको फेरियै गर्दा परेन प्राथमिकतामा

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा Read Next

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा