भक्तपुरको भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिँदै

काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु भएको छ । झण्डै १३५ रोपनी जग्गामा ५५ करोड रुपैयाँको लागतमा सो रंगशाला निर्माण गर्न लागिएको हो ।

 

गुरुयोजनाअनूसार रंगशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए । रंगशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । हाल जग्गा सम्याउने काम भइरहेको छ । ‘भक्तपुरलाई खेलकुदको हब बनाउने योजना छ,’ उनले भने ।

 

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रंगशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताए । ‘बहुवर्षीय योजना भएकाले सङ्घ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइनेछ,’ उनले भने ।

 

चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रंगशालाको डीपीआर सम्पन्न भएको छ । नगरपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ ।

 

खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिए ।

मुग्लिन-पोखरा ४ लेन सडक : १ वर्षमा जम्मा डेढ प्रतिशत काम, बिजुलीका खम्बा बाधक बन्दै Read Previous

मुग्लिन-पोखरा ४ लेन सडक : १ वर्षमा जम्मा डेढ प्रतिशत काम, बिजुलीका खम्बा बाधक बन्दै

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम आधा सकियो, अब कति मिटर खन्न बाँकी छ ? Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम आधा सकियो, अब कति मिटर खन्न बाँकी छ ?