फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो ।

 

यस्तै, निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर १६०० रुपैयाँ पुगेको छ ।

 

यस्तै, आन्तरिक हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी १५६ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर ५० डलरले बढेर १५४५ डलर पुगेको छ ।

 

मूल्यवृद्धि गर्दा पनि  १ महिनामा करिब ९ अर्ब २७ करोड नोक्सानी हुने निगमले जनाएको छ । हालसम्म निगमको घाटा ३३ अर्ब पुगेको छ ।

 

आयातमा कडाइ : संकटउन्मुख अर्थतन्त्र 'ट्रयाक'मा ल्याउने प्रयास कि असक्षमता ढाकछोप ? Read Previous

आयातमा कडाइ : संकटउन्मुख अर्थतन्त्र 'ट्रयाक'मा ल्याउने प्रयास कि असक्षमता ढाकछोप ?

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन