बर्डफ्लू १३ जिल्लामा फैलियो, सतकर्ता अपनाउन आग्रह

काठमाडौं । पक्षीजन्य संक्रामक रोग बर्डफ्लू नेपालका १३ जिल्लामा फैलिएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न १३ जिल्लामा फैलिएको हो ।

 

पशु विभागका अनुसार हाल काठमाडौं उपत्यकाका तीन जिल्ला सहित चितवन, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, उदयपुर, बारा, पर्सा, कास्की, मकवानपुर र धनुषा जिल्लामा बर्डफ्लू संक्रमण फैलिएको छ ।

 

ती जिल्लामा हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा बर्डफ्लू भेटिएको विभागले जनाएको छ ।

 

नेपालमा पहिलो पटक २०६५ सालबाट बर्डफ्लू देखा परेको थियो । त्यसपछि समय समयमा संक्रमण देखापर्न थालेको छ । यो वर्ष भने गत माघ ११ बाट बर्डफ्लू देखा परेको थियो ।

 

बर्डफ्लू फैलने क्रम बढ्दो रहे पनि भयावह अवस्था नरहेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्द तिवारी बताउँछन् । ‘यो वर्ष गत माघदेखि नेपालका विभिन्न जिल्लामा वर्डफ्लू देखा परेको छ, तर बजारमा हल्ला भएजस्तो नियन्त्रण बाहिर गएको छैन,’ उनले चाणक्य पोष्टसँग भने ।

 

बर्डफ्लू फैलँदै गएसँगै विभागले सबैलाई सचेत रहन आग्रह गरेको छ । विभागका अनुसार देशमा बर्डफ्लू नियन्त्रण गर्ने काम जारी राखिएको छ । चेकजाँच नियमित भएको छ । विभाग, प्रदेश सरकारको भेटनरी अस्पतालसँगै विभिन्न नगरपालिकाबाट पनि रोग नियन्त्रणको हुँदै आएको छ ।

 

विभागका अनुसार माघदेखि ८८ हजार ८०० कुखुरा नष्ट गरिएकोे छ । चितवनको खैरेनीमा ४० हजार कुखुरा पालेको फार्म पछिल्लो समय संक्रमण देखिएको थियो ।

 

बुढीगण्डकी जलविद्युत्  आयोजना : घर, गोठदेखि रुखविरुवाको समेत मुआब्जा पाउने, यस्तो छ मुआब्जा दर Read Previous

बुढीगण्डकी जलविद्युत् आयोजना : घर, गोठदेखि रुखविरुवाको समेत मुआब्जा पाउने, यस्तो छ मुआब्जा दर

चीनमा गुडे नेपाल ल्याउने साझाका विद्युतीय बस, २ हप्ता भित्र नेपाल आइपुग्ने (भिडियोसहित) Read Next

चीनमा गुडे नेपाल ल्याउने साझाका विद्युतीय बस, २ हप्ता भित्र नेपाल आइपुग्ने (भिडियोसहित)