टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी, किने ९.२ प्रतिशत सेयर

काठमाडौं । विश्वकै धनाढ्य व्यक्ति तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेका छन् ।

 

मस्कले सामाजिक सञ्जाल ट्‍वीटरको ९.२ प्रतिशत सेयर स्वामित्व किन्दै सबैभन्दा ठूलो सेयरधनी बनेका हुन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन् । उक्त सेयरको मूल्य शुक्रबार २ अर्ब ८९ करोड अमेरिका डलर थियो।

 

मस्कले सेयर खरिद गरेसँगै सोमबार न्यूयोर्क ट्रेडिङमा ट्‍वीटरको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो। मस्कले २ अर्ब ८९ करोड डलरमा किनेको ट्वीटरको सेयर मूल्य बढेर ३ अर्ब ७ करोड डलर पुगेको छ ।

 

ट्‍वीटरका संस्थापक ज्याक डोर्सेसँग २.२५ प्रतिशत सेयर छ । मस्कसँग उनीभन्दा चार गुणा बढी सेयर पुगेको छ । यस्तै, ट्वीटरको ८.८ प्रतिशत सेयर स्वामित्व म्युचुअल फण्ड कम्पनी भ्यानगार्डको रहेको छ ।

 

मस्कसँग ८ करोड फलोअर्स छन्। उनले केही दिन अघि नयाँ सामाजिक सञ्जाल निर्माण गर्ने प्रतिक्रिया दिएका थिए।

जेठ १९ देखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने Read Previous

जेठ १९ देखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

नागढुंगा-मुग्लिन सडक विस्तार वैशाखदेखि सुरू हुने, तीन प्याकेजमा काम गरिँदै Read Next

नागढुंगा-मुग्लिन सडक विस्तार वैशाखदेखि सुरू हुने, तीन प्याकेजमा काम गरिँदै