जेठ १९ देखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । आगामी जेठ १९ देखि २३ गतेसम्म १६ औं ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७९’ हुने भएको छ ।

 

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

 

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

 

महासंघका उपाध्यक्ष शोभा गुरुङ्गको संयोजकत्वमा ‘प्रदर्शनी आयोजक समिति’ गठन गरी यसको तयारीको काम सुरु भएको बताइएकोे छ ।

कर्णाली करिडोर अन्तर्गत ९ वटा पक्की पुल बन्दै Read Previous

कर्णाली करिडोर अन्तर्गत ९ वटा पक्की पुल बन्दै

टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी, किने ९.२ प्रतिशत सेयर Read Next

टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी, किने ९.२ प्रतिशत सेयर