लयमा फर्किन थाले सिनेमा हल, ५० बढी फिल्म प्रदर्शनको पर्खाइमा

काठमाडौं । कोरोना महामारीले निकै प्रभावित बनेको फिल्म क्षेत्र लयमा फर्किन थालेको छ । स्वदेशी तथा विदेशी फिल्महरूको प्रदर्शनले दर्शकहरूको आकर्षण बढाएसँगै ठप्प बनेका हलहरू संञ्चालनमा आएका हुन् ।

 

करिब दुई वर्षदेखि कहिले खुल्ने त कहिले बन्द हुने गरेका फिल्म हलहरू पछिल्ला केही महिना यता व्यस्त बनेका छन् । विशेषगरी नेपाली सिनेमा ‘म यस्तो गित गाउँ छु २’ र साउथ इन्डियन फिल्म पुष्पा सिनेमाको प्रदर्शनले हलहरू भरिन थालेका थिए भने व्यापार समेत आक्रमक रुपमा गरे ।

 

महामारीमा सरकारले हल खोल्न व्यवसायीहरूलाई अनुमति दिएको थिएन । संक्रमणको जोखिम कायमै रहेका कारण यस अवधिमा दर्शकहरू आउने वातावरण पनि थिएन । देशको समग्र आर्थिक अवस्था अस्तव्यस्त बनेका कारण मानिसको चहलपहल न्यून भएको थियो भने होटल, पर्यटन तथा सिनेमा व्यवसाय ठप्प प्राय बनेका थिए ।

 

फिल्म निमार्ता र हाल संञ्चालकहरू बीच कसले बढी जोखिम लिने भन्ने रस्साकस्सी नै चलेको थियो । चलचित्र निमार्ताहरू रिलिज गर्न मानिरहेका थिएनन भने व्यवसायीहरूमा दर्शक नआउने त्रास थियो । यस अवधिमा कतिपय सिनेमा हलहरू टिक्न नसकेर सधैंको लागि बन्द नै भएका छन् ।

 

हलहरू पूर्ण क्षमतामा चल्न थाले

 

पछिल्लो एक महिनामा मल्टिप्लेक्स तथा एकल हलहरू पूर्ण क्षमतामा चल्न थालेको हल संञ्चालकहरू बताउँछन् । फिल्म हल व्यवसायीहरूको संस्था नेपाल चलचित्र संघका महासचिव अर्जुन श्रेष्ठले हलहरू पुरानै अवस्थामा नफर्किए पनि फिल्म अनुसार पूर्ण क्षमतामा चल्न थालेको बताए ।

 

‘पछिल्लो एक महिना यता हलहरू राम्रै चलिरहेका छन । सूचना प्रविधिको प्रयोगले युट्यूब लगायतका माध्यमबाट कस्तो फिल्म भन्ने पहिले नै जानकारी राखेर मात्रै दर्शकहरू हेर्न आउँछन्,’ उनले भने, ‘खुल्न थालेको केही समय भए पनि सुरुआत राम्रै छ । कन्टेन राम्रो र पब्लिसिटी भएका फिल्म दर्शकको रोजाइमा पर्ने गरेका छन् ।’

 

नेपालमै पनि विभिन्न मलहरूमा पछिल्लो समय मल्टिप्लेक्स र सुविधा सम्पन्न हलहरू खुल्नेक्रम बढ्दो छ । सुविधा सम्पन्न र गुणस्तरीय हलहरू दर्शकको रोजाइमा पर्ने भएका कारण मल्टिप्लेक्स हलहरूमा पनि दर्शकको कमी नभएको उनले बताए ।

 

पुराना तथा जिर्ण बनेका फिल्महलहरू भने बन्द हुनेक्रम बढेकोे उनको भनाइ छ । दर्शकहरूमा फिल्म हेर्ने बानि पर्न अझै केही समय लाग्ने श्रेष्ठले बताए ।

 

कोभिडकै बीचमा दर्जन हल थपिए

 

कोभिड माहामारी कारण केही हल सधैंका लागि बन्द भए पनि यही समयमा झन्डै १ दर्जन नयाँ हल थपिएका छन् । पछिल्लो दुई वर्षमा १ दर्जन बढी नयाँ सिनेमा हल संचालनमा आए भने थप आधा दर्जन बढी हल निर्माणका क्रममा रहेका छन् ।

 

केही समय अघिमात्रै वीरगञ्ज, किर्तिपुर, दमौलीमा नयाँ चलचित्रहलहरू संञ्चालनमा आएका थिए । यस्तै दरबारमार्ग, विश्वज्योति लगायतका हलहरू संञ्चालनमा आउने तयारीमा छन ।

 

हाल देशभर १०० बढी हलहरू संञ्चालनमा रहेको चलचित्र संघका उपाध्यक्ष नरेन्द्रमान महर्जनले बताए । ‘पुराना हलहरू बन्द भइरहेका छन भने नयाँ हलहरू खुलिरहेका छन,’ उनी भन्छन, ‘अहिले देशभर सय बढी संञ्चालन भइरहेका छन ।’

 

फिल्महलहरूमा दर्शको आकर्षण बढ्दै गएको र नयाँ हलहरू पनि निमार्णको चरमा रहेको उनको भनाइ छ । उनका अनुसार ५० बढी नेपाली फिल्महरू प्रदर्शनको लाइनमा छन । कोरोना अवधिमा फिल्म बने पनि प्रदर्शन नभएका कारण थुप्रै चलचित्रहरू प्रदर्शनको तयारीमा छन ।

 

महामारीपछि ठप्प बनेको फिल्म व्यवसाय पुरानै अवस्थामा फर्किन अझै केही समय लाग्ने व्यवसायीहरूले बताइरहेका छन ।

 

पेट्रोलियम पदार्थको विक्रीवितरण सहज, पेट्रोल पम्पमा हट्यो लाइन Read Previous

पेट्रोलियम पदार्थको विक्रीवितरण सहज, पेट्रोल पम्पमा हट्यो लाइन

क्षेत्रीय बजारमा विद्युत् बेच्ने दरिलो पहल, वर्षामा खेर जाने बिजुली किन्न भारत सहमत Read Next

क्षेत्रीय बजारमा विद्युत् बेच्ने दरिलो पहल, वर्षामा खेर जाने बिजुली किन्न भारत सहमत