नयाँ सारथी लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (चैत २३ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले वैशाख १० गते १३ औं वार्षिक साधरण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश कम्पनीले साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बलेफी हाइड्रोपावरको आइपीओमा १६ गुणा बढी आवेदन, कतिले भरे ? Read Previous

बलेफी हाइड्रोपावरको आइपीओमा १६ गुणा बढी आवेदन, कतिले भरे ?

पेट्रोलियम पदार्थको विक्रीवितरण सहज, पेट्रोल पम्पमा हट्यो लाइन Read Next

पेट्रोलियम पदार्थको विक्रीवितरण सहज, पेट्रोल पम्पमा हट्यो लाइन