भायानेटको नयाँ रिफरल योजना : ३ महिनाको इन्टरनेट र एमआइ डुअल ब्याण्ड राउटर फ्री

काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले ३ महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउने भएका हुन् ।

 

यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। साथै, ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले ३ जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्राफाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले ३ महिनाको इन्टरनेटसँगै एमआइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्।

 

ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्।

 

ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लगइन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन्। भायानेटले प्रत्येक हप्ता एमआइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ।

 

भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टीभी सेवा प्रदान गर्दै आएको छ।भायानेटले अल्ट्रा-फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ।

 

विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेटसँगै २ ओटा भायाटीभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ।

 

भायानेटले यस नयाँ रिफरल योजना मार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ। यो अफर सीमित अवधिको लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन तुरुन्त सम्पर्क गर्न भायानेट आग्रह गरेको छ ।

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

कालीगण्डकीमा निर्माणाधीन पुल भत्कियो, ८ कामदार घाइते Read Next

कालीगण्डकीमा निर्माणाधीन पुल भत्कियो, ८ कामदार घाइते