नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार ३० अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।

 

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोडले बढेर डेढ अर्ब नाघेको छ ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.६५ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य र व्यापार समूह पनि १ प्रतिशतभन्दा धेरै घटेको छ ।

 

आज करोबारमा आएको २२६ कम्पनीमध्ये जम्मा ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज इमर्जिङ नेपालको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक साढे ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

 

घट्दो बजारमा आज सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले सबैभ्न्दा धेरै ५.६६ प्रतिशत गुमाएका छन् । त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक ४.०६, प्रभु इन्स्योरेन्स ४.०१, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इदीमर्दी, प्रिमियर इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, शिव श्री हाइड्रोपावर र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा कम्पनीको व्यवसाय २५ प्रतिशत वृद्धि, कुनको कति ? Read Previous

निर्जीवन बीमा कम्पनीको व्यवसाय २५ प्रतिशत वृद्धि, कुनको कति ?

भायानेटको नयाँ रिफरल योजना : ३ महिनाको इन्टरनेट र एमआइ डुअल ब्याण्ड राउटर फ्री Read Next

भायानेटको नयाँ रिफरल योजना : ३ महिनाको इन्टरनेट र एमआइ डुअल ब्याण्ड राउटर फ्री