नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिने सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता लगातार ५ दिन दोहोरो अंकले घटेको नेप्से बुधबार ४० अंकले कमब्याक गरेको थियो । फेरि बिहिबार २३ अंकले घटेको सेयर बजारमा आज पनि ३० अंकले गिरावट आएको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबार रकम १ अर्ब ४६ करोडमा सीमित भएको छ । यसदिन २२५ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ बराबरको ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्यचूअल फन्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । सबैभन्दा धेरै अन्य समूह ३.१३ प्रतिशतले घटेको छ । आज करोबारमा आएको २२५ कम्पनीमध्ये जम्मा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको घटेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज सूर्य लाईफ इन्स्सयोरेनस कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, शिद्धार्थ इन्स्योरेन्सको ५ करोड, नविल बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ४ करोड रुपैयाँ बढी बराबरको सेयर किनबेच भएको छ । लाईफ इन्स्योरेन्स कर्पोरेसन ३ करोड सहित शिर्ष कारोबार हुने पाँचौँ कम्पनीमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । घट्दो बजारमा आज युनाइटेड मार्दि हाइड्रोपावरका सेयर धनीले सबैभन्दा धेरै ५.०२ प्रतिशतले गुमाएका छन् ।

 

त्यसैगरी, सूर्यलाईफ इन्स्योरेन्स कम्पनीका लागनीकर्ताले ५.०१, समलिङ्क पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनीका लागनीकर्ताले ४ प्रतिशत बढीले गुमाएका छन् ।

ऊर्जा विकासमा कमजोर तयारी, बिजुली नसके हाइड्रोजन निर्यात गर्न सकिने Read Previous

ऊर्जा विकासमा कमजोर तयारी, बिजुली नसके हाइड्रोजन निर्यात गर्न सकिने

डिजिटल वालेटको प्रयोग बढ्दो, ‘क्यास ब्याक’ नीति लिँदा पनि फाइदामा Read Next

डिजिटल वालेटको प्रयोग बढ्दो, ‘क्यास ब्याक’ नीति लिँदा पनि फाइदामा