काठमाडौं । साइमेक्स इंकले नेपालमा विद्युतीई–गाडी आयात सुरु गरेको ५ वर्ष पूरा भएर छैटौं वर्ष प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले बीवाडीका विद्युतीय गाडी नेपाली बजारमा ल्याएर विक्री गर्दै आएको छ ।
अहिले कम्पनीले बीवाइडी ई–सिक्स, नयाँ जेनेरेशन ई–सिक्स, एम थ्री भ्यान र टी थ्री कार्गो भ्यान विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने कार्गो भ्यान अन्तर्राष्ट्रिय ई–कुरियर सर्भिस प्रोभाइडरदेखि उद्यमी व्यवसायीको छनोटमा पर्न सफल भएको छ । साथै, एम थ्री भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पिटलले प्रयोग गर्न थालेका छन् ।
बीवाइडी ई–सिक्स र नयाँ जेनेरेशन ई–सिक्स दवबै निजी सवारीसाधनको रुपमा प्रयोग हुँदै आएको छ । कम्पनीले विक्री गरेका विद्युतीय गाडी किन्ने ग्राहक निकै संतुष्ट रहेका छन् । विश्व नै वैकल्पिक ऊर्जाबाट चल्ने सवारीसाधनको खोजीमा रहेको अहिलेको समयमा हामी पनि नयाँ नयाँ विद्युतीय गाडी नेपाल ल्याएर ग्राहकलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
बीवाइडीका ग्राहकलाई ढुक्कसँग यसको सेवा लिन आग्रह गर्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘बीवाइडी सधैं उत्कृष्ट सेवा दिन प्रतिबद्ध कम्पनी हो । नेपालको प्रकृतिक विविधता, जलवायू परिवर्तनको असर न्यूनिकरण र यहाँको पर्यटनलाई जीवन्त राख्न पनि हाम्रो पुस्ताले पेट्रोलियम पदार्थको प्रयोग घटाउनु पर्छ । त्यसको विकल्पमा ग्राहकलाई उत्कृष्ट विकल्प लिन बीवाइडी सधै तयार रहेको छ ।’
विगत ५ वर्षदेखि साइमेक्स इंकले सधैँ विद्युतीय गाडीको प्रयोग बढाउन जनस्तरमा चेतना अभिवृद्धि र नीति निर्मातालाई सहजीकरण गरिदन आग्रह गर्दै आएको छ । अब त्योभन्दा एक स्टेप माथि उक्लँदै आफ्नो सेल्स, सर्भिस र स्पेयर पार्टसको उपलब्धतामा काम सुरु गरेको छ ।
बीवाइडी आक्रमक बजार विस्तारको लागि तयार रहेको बताउँदै कम्पनीका सीईओ सहिल श्रेष्ठले भने, ‘हामी आफ्नो नेटवर्क विस्तारमा लागेका छौं । अबको एक महिना भित्र देशको मुख्य सहरमा बीवाइडीको थ्री एस सर्भिस उपलब्ध हुन्छ । हामी थ्री एस सर्भिसको अलावा नेपालमा नै ब्याट्री टेक्नोलोजी र चार्जिङ नेटवर्कमा के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’
‘बीवाइडीले आफ्नो व्यवसायीक यात्राको टर्निङ प्वइन्टको रुपमा सन् २०२२ लाई लिएको छ । कम्पनीले यो वर्ष नयाँ शोरुमहरु संचालन गर्नुको साथै नयाँ नयाँ मोडल ल्याउने योजना बनाएको छ । यो वर्ष कम्तीमा दुईदेखि तीनवटा नयाँ मोडल हामी बजारमा ल्याउनेगरी काम गरिरहेका छौं,’ श्रेष्ठले भने ।
नयाँ मोडल र नयाँ नेटवर्कसँगै ग्राहकलाई विद्युतीय गाडीको खरिद र ड्राइभिङमा नयाँ अनुभव प्रदान गर्ने चाहना रहेको कम्पनीले जनाएको छ ।