तीन कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति कायम भयो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले आरम्भ चौतारी लघुवित्त, प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो।

 

गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश वितरण गर्न साधरण सभाका लागि तीन वटै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

 

नेप्सेले आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस र प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

 

मूल्य समायोजनपछि आरम्भ चौतारीको सेयर मूल्य १११६.८६ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ७४३.२४ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको ८९१.३० रुपैयाँ कायम भएको छ ।

 

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा ती कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो। नेप्सेले समायोजन गरेको मूल्यलाई आधार मानी आज (बिहीबार) यी कम्पनीहरुको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।

जनतालाई गिज्याउने 'भ्यूटावर' निर्माणमा १७ अर्ब स्वाह ! Read Previous

जनतालाई गिज्याउने 'भ्यूटावर' निर्माणमा १७ अर्ब स्वाह !

रुससँग धमाधम कच्चा तेल किन्दै भारत, अन्तभन्दा कति सस्तोमा पाएको छ ? Read Next

रुससँग धमाधम कच्चा तेल किन्दै भारत, अन्तभन्दा कति सस्तोमा पाएको छ ?