नेप्सेमा २ लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बुधबार आरएमडीसी र  नेशनल माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा आरएमडीसी लघुवित्तले २० लाख ६८ हजार ४४३.८८ कित्ता अर्थात् २० प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो ।

 

त्यस्तै, नेशनल माइक्रोफाइनान्सको १६ लाख ७६ हजार २१४.२१ कित्ता अर्थात् ४० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

 

आरटीजीएस प्रणालीको सञ्चालन समय सीमा बढ्यो Read Previous

आरटीजीएस प्रणालीको सञ्चालन समय सीमा बढ्यो

समयमै काम पूरा नगर्ने ठेकेदार मूल्य वृद्धि निर्देशिका ल्याउन 'बार्गेनिङ' गर्दै Read Next

समयमै काम पूरा नगर्ने ठेकेदार मूल्य वृद्धि निर्देशिका ल्याउन 'बार्गेनिङ' गर्दै