आरटीजीएस प्रणालीको सञ्चालन समय सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणालीको सञ्चालन समय सीमा बढाएके छ । राष्ट्र बैंकले आगामी वैशाख २ गतेदेखि लागू हुने गरी आरटीजीएस प्रणालीको संचालन समयवधि बढाएको हो ।

 

केन्द्रीय बैंकका अनुसार माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने जनाएको छ । यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ९ बजेदेखि ४ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

 

त्यस्तै, शुक्रबार बिहान ९ बजेदेखि दिउसो १ः३० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुनेछ ।

पशुपति बिस्कुट उद्योग १५ दिनका लागि बन्द Read Previous

पशुपति बिस्कुट उद्योग १५ दिनका लागि बन्द

नेप्सेमा २ लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ? Read Next

नेप्सेमा २ लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?