पशुपति बिस्कुट उद्योग १५ दिनका लागि बन्द

काठमाडौं । लामो इतिहास बोकेको सुनसरीको दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ । प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपले संचालन गरेको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो ।

 

बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइ गर्न १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

साथै, उद्योगले विज्ञप्ति मार्फत नै विभिन्न संचार माध्यममा आएको ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि बन्द’ भन्ने आशयबाट प्रकाशित समाचारको खण्डन गरेको छ ।

 

‘समाचारहरुमा उल्लेख गरिएजस्तो पशुपति बिस्कुट उद्योग अनिश्चितकालका लागि बन्द भन्ने विषयमा सत्यता नभएको यसै विज्ञप्तिमार्फत प्रष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘समाचारहरुमा उल्लेख भएजस्ता कारणले उद्योग बन्द भएको नभई केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो । ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको प्रष्ट पार्न चाहन्छौं ।’

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

आरटीजीएस प्रणालीको सञ्चालन समय सीमा बढ्यो Read Next

आरटीजीएस प्रणालीको सञ्चालन समय सीमा बढ्यो