उपकार लघुवित्तले चैत २५ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

 

निष्काशन गरिने कुल सेयरमध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र ११ हजार ८१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि र्सवसाधरणले आवेदन दिन पाउने छन् ।

 

लघुवित्तको आइपीओमा चैत २९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै आइपीओ विक्री नभएमा ढिलोमा २०७९ वैशाख ९ गतेन पाउने छन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरको वेबसाइट र एपबाट आवेदन दिन सक्नेछन् ।

 

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई बैंकिङ्ग लिमिटेड रहेको छ। लघुवित्तको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बलेफी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Previous

बलेफी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको अनुमति, नेपाल र भारतको संयुक्त लगानी Read Next

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको अनुमति, नेपाल र भारतको संयुक्त लगानी