कास्कीको लेखनाथमा प्राइम लाइफको उपशाखा विस्तार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

 

कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बीमा सेवा पुर्याउन, सर्वसाधारणलाई जीवन बीमाको महत्व बुझाउन र बीमितले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।

 

सीईओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । यसले बीमितलाई घरैमा बसेर बीमालेख खरिद गर्न र सुरक्षित रूपमा बीमा शुल्क भुक्तानी गर्न मदत गर्ने उनले बताए ।

 

उनले हालको परिस्थितिमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिनुपर्नेमा पनि जोड दिए । सीईओ भट्टराईले लेखनाथ कार्यालयलाई बीमा शुल्क उठाउनेमा मात्र सीमित नराखी बीमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताए ।

 

आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाउँदै सीईओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरूमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको बताए ।

 

कार्यक्रमका विशिष्ट अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बीमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गरे । नेपालको बीमासम्बन्धी क्रियाकलापप्रति सर्वसाधारण त्यति सन्तुष्ट नभएको र अभिकर्ताहरू बीमा शुल्क उठाउन मात्र दौडिरहेको उनले बताए । अध्यक्ष आत्रेयले बीमितको हित हुने गरी बीमा व्यवसाय गर्नुपर्नेमा पनि जोड दिए ।

 

सो कार्यक्रममा कम्पनीका बजार प्रमुख नविन थापा, गण्डकी प्रदेश प्रमुख शिवप्रसाद पौडेल, लेखनाथ शाखा प्रमुख निर्मला भट्टराई, दर्जनौं अभिकर्ता लगायत सर्वसाधरणको सहभागिता थियो ।

वाग्मती ब्यूटिफिकेसनको काम धमाधम हुँदै, असारसम्म सक्ने Read Previous

वाग्मती ब्यूटिफिकेसनको काम धमाधम हुँदै, असारसम्म सक्ने

त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान आज पनि प्रभावित Read Next

त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान आज पनि प्रभावित