पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक बैंकहरुलाई चैत्र २० गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको हो ।

 

कम्पनीमा रहेको लगानीयोग्य रकम १ वा २ वर्षको लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बताए पनि कति रकम राख्ने हो भन्ने चाहिँ खुलाएको छैन ।

 

लगानीयोग्य रकम क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी चैत २० गते भित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता Read Previous

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता

अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना Read Next

अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना