अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना

वासिङ्टन । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

 

देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०ः३० बजे दुर्घटना भएको हो ।

 

दुर्घटनामा कार, ट्रक, ट्याक्टर लगायतका झण्डै ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

 

दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने Read Previous

पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

निगम जोगाउन सरकारसँग १० माग, एकैपटक मूल्य समायोजनदेखि कर छुटसम्म (मागसहित) Read Next

निगम जोगाउन सरकारसँग १० माग, एकैपटक मूल्य समायोजनदेखि कर छुटसम्म (मागसहित)