काठमाडौं । सानिमा बैंकले काठमाडौंका विभिन्न ४ वटा तारे होटलसँग सम्झौता गरेको छ । बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको हो ।
ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट पाउने छन् ।
त्यसैगरी, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन् । यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा एटीएम संचालनमा रहेका छन् ।