चालु वर्षमा ८० पुल निर्माण सम्पन्न

काठमाडौं । चालु आर्थिक वर्षमा ८० वटा पुल निर्माण सम्पन्न भएको छ । सडक विभाग अन्तर्गत पुल महाशाखाले चालु आवको फागुन महिनासम्ममा ८० वटा पुल निर्माण सम्पन्न गरेको हो ।

 

पुल महाशाखाका तथ्यांक अधिकारी विमल बस्नेतका अनुसार पुल महाशाखा अन्तर्गत ५३ वटा पुल निर्माण सम्पन्न भएको हो । अन्य २७ वटा पुलहरु भने विभिन्न आयोजना अन्तर्गत पूरा भएका हुन् । चालु आर्थिक वर्षमा ३०० पुल निर्माण गर्ने लक्ष्य पूर्वाधार तथा यातायात मन्त्रालयले लिएको छ ।

 

गत आर्थिक वर्षमा १५८ सडक पुल निर्माण भएको थियो । गत आवमा बाढी पहिरोका कारण २१ वटा सडक पुलमा क्षती पुगेको थियो ।

 

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार स्थानीय सडक पुल निर्माणका क्रममा चालु आवमा २ अर्ब ८२ करोड ९९ लाख ५३ हजार रुपैयाँ खर्च भइसकेको छ ।

 

चालु आर्थिक वर्षमा स्थानीय तहमा पुल निर्माणका लागि ६ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

रणनैतिक सडक पुलहरुको विस्तृत सम्भाव्यता अध्ययनका क्रममा चालु आवमा ९ करोड ५५ लाख ७३ हजार रुपैयाँ खर्च भएको महालेखा नियन्त्रण कार्यालयको तथ्यांकले देखाएको छ । रणनैतिक सडक पुलको विस्तृत संभाव्यता अध्ययनका लागि चालु आवमा ६७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

बुद्धनगर एग्रो फार्मले आइपिओ जारी गर्ने, विक्री प्रबन्धक नियुक्त Read Previous

बुद्धनगर एग्रो फार्मले आइपिओ जारी गर्ने, विक्री प्रबन्धक नियुक्त

सानिमा बैंकका कार्ड होल्डरले ३ वटा पाँचतारे होटलमा २०% सम्म छुट पाउने Read Next

सानिमा बैंकका कार्ड होल्डरले ३ वटा पाँचतारे होटलमा २०% सम्म छुट पाउने