काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।
काठमाडौंको आकाश तुवाँलो र धुलोले ढाकिँदा भिजिबिलिट कम भइ विमानस्थलबाट हुने उडान प्रभावित भएको हो ।
भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान र अवतरणहरु प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
उडान प्रभावित भएसँगै विभिन्न गन्तव्यको उडान डिले भएको छ । हवाई कम्पनीहरुले भिजिबिलिटीका कारण उडान प्रभावित भएको भन्दै यात्रुलाई जानकारी गराउन थालेका छन् ।