नेपाल लाइफद्धारा पाठशाला शुभारम्भ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ ।

 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल सांघईले संयुक्त रुपमा उक्त पाठशालाको समुद्घाटन गरे ।

 

नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताए ।उनले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेछ भन्ने विश्वास व्यक्त गरे ।

 

बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना दिए ।

 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल सांघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न “नेपाल लाइफ, पाठशाला” को स्थापना गरिएको बताए ।

 

आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरुमार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु संचालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।

पोखरा विमानस्थलको ९३ प्रतिशत निर्माण सम्पन्न, अब के-के काम बाँकी छ ? Read Previous

पोखरा विमानस्थलको ९३ प्रतिशत निर्माण सम्पन्न, अब के-के काम बाँकी छ ?

महासंघ र लगानी बोर्ड बीच लगानी प्रबद्र्धनमा सहकार्य गर्ने सम्झौता Read Next

महासंघ र लगानी बोर्ड बीच लगानी प्रबद्र्धनमा सहकार्य गर्ने सम्झौता