काठमाडौं । एनएमबी बैंक गैंडाकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
कञ्चनआमा समूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबी बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदीप खनाल र राजु पोख्रेललले बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए ।
बैंकले सर्वसाधारणलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने जनाएको छ ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दी इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । यस्तै, बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्त पाएको छ ।