यी हुन् सेयर बजारका सबैभन्दा सस्तो सेयर मूल्य भएका १५ कम्पनी

काठमाडौं । पछिल्लो दुई महिना यता नेपाली सेयर बजार घट्दो क्रममा रहेको छ । नेप्से सूचक घटेसँगै अधिकांश कम्पनीहरुको सेयर मूल्य पनि घट्दो क्रममा छ ।

 

झन्डै आधा बढी कम्पनीको सेयर मूल्य १ वर्ष यताकै कम मूल्यमा आएको छ । तुलनात्मक रुपमा वाणिज्य बैंक र जलविद्युत् कम्पनीको सेयर मूल्य सस्तो रहेका छन् ।

 

नेप्सेमा सूचीकृत २२९ कम्पनी (म्युचुअल फण्ड र डिबेञ्चर)अहिले १५ वटा कम्पनीको सेयर मूल्य ३०० रुपैयाँभन्दा पनि कम रहेको छ । ३०० मुनि मूल्य हुने अधिकांश कम्पनी वाणिज्य बैंकहरु रहेका छन् । ३०० मुनि सेयर मूल्य हुने १५ कम्पनीमध्ये ११ वटा वाणिज्य बैंक, २ वटा जलविद्युत्, एउटा लगानी र एउटा होटल कम्पनी रहेका छन् ।

जसमा सबैभन्दा सस्तो सेयर मूल्य सेञ्चुरी कमर्शियल बैंकको प्रतिकित्ता २२९ रुपैयाँ रहेको छ । यस्तै, सिभिल बैंक र कुमारी बैंकको सेयर मूल्य २५० भन्दा पनि कम रहेको छ ।

 

३०० मुनि सेयर मूल्य हुने कम्पनीमध्ये सोल्टी होटलको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेको छ भने अरु सबैको १०० रुपैयाँ हो ।

 

एनएमबी बैंकद्धारा वित्तीय साक्षरता Read Previous

एनएमबी बैंकद्धारा वित्तीय साक्षरता

दोर्दी खोलाका ४ हाइड्रोपावर ११८ मेगावाट बिजुली उत्पादन हुँदै, कुनको कति मेगावाट ? Read Next

दोर्दी खोलाका ४ हाइड्रोपावर ११८ मेगावाट बिजुली उत्पादन हुँदै, कुनको कति मेगावाट ?