आज पनि त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि केही बेर प्रभावित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा विमानस्थलको उडान प्रभावित हुने भएको हो ।

 

विदेशमन्त्री वाङ अपराह्न साढे ५ बजे भारतबाट काठमाडौं आउने तालिका रहेको छ । वाङ आउने विमान अवतरण हुने बेला अरु उडान र अवतरण केहीबेर प्रभावित हुने विमानस्थलले जनाएको छ ।

 

करिब आधा घण्टा विमानस्थलबाट हुने उडान प्रभावित हुन सक्ने बताइएको छ । तीन दिने भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै छन् ।

 

बिहीबार पनि विमानस्थलको उडान प्रभावित भएको थियो । सूचना प्रणाली र राडारमा समस्या आउँदा बिहीबार विहान उडान प्रभावित भएको थियो ।

चाबहिल-साँखु सडक अवरुद्ध, थलीमा स्थानीयले गराए बन्द Read Previous

चाबहिल-साँखु सडक अवरुद्ध, थलीमा स्थानीयले गराए बन्द

तातोपानी नाकाबाट दुई दिनमा भित्रियो ४६४ मेट्रिक टन रासायनिक Read Next

तातोपानी नाकाबाट दुई दिनमा भित्रियो ४६४ मेट्रिक टन रासायनिक