चाबहिल-साँखु सडक अवरुद्ध, थलीमा स्थानीयले गराए बन्द

फाइल तस्वीर । ७ वर्ष बित्दा पनि सडक निर्माण पूरा नभएपछि आन्दोलनमा उत्रिएका थलीका स्थानीय ।

काठमाडौं । यथाशिघ्र सडक निर्माण सम्पन्न गर्न माग गर्दै थलीमा आज पनि स्थानीयले सडक बन्द गरेका छन् । २०७२ सालमा निर्माण सुरु भएको चाबहिल-साँखु सडक ७ वर्षमा पनि सम्पन्न नभएपछि स्थानीयले सडकनै बन्द गरेर आन्दोलनमा उत्रेका हुन् ।

 

तत्काल सडक निर्माण सम्पन्न गर्न गर्दै चाबहिल-साँखु सडकखण्डको थलीमा स्थानीयले सडक अवरुद्ध गरेका हुन् । थलीका स्थानीयले हिजो पनि सडक बन्द गरेका थिए । अवरोधले मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको छ ।

 

थलीमा सडक अवरुद्ध भएपछि सो सडक हुँदै आवतजावत गर्ने सवारीसाधनलाई जोरपाटी–सुन्दरीजल हुँदै जाने–आउने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

 

चाबहिल साँखु सडकखण्ड अन्तर्गत थली खण्डमा निर्माणको ठेक्का बिरुवा कन्ट्रक्सनले पाएको छ । ठेकेदारको लापारबाहीले समयमै सडक निर्माण हुन नसक्दा धुलोले बसिनसक्नु भएको स्थानीयको भनाइ छ ।

बक्यौता नबुझाउने तीन क्यासिनोलाई ५ दिने अल्टिमेटम Read Previous

बक्यौता नबुझाउने तीन क्यासिनोलाई ५ दिने अल्टिमेटम

आज पनि त्रिभुवन विमानस्थलबाट हुने उडान  प्रभावित हुने Read Next

आज पनि त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित हुने