सीजीको नयाँ वर्ष योजना : इलेक्ट्रोनिक्स सामान किन्दा ४९ हजार ९०० सम्म क्यासब्याक

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

 

यस अफर अनुसार ग्राहकले सीजीका इलेक्ट्रोनिक्स सामान खरिद गर्दा ४९ हजार ९०० रुपैयाँ क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । सो स्कीमसँगै नेपालीहरूको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास लिएको छ ।

 

सो स्कीमअन्तर्गत ग्राहकहरूले सीजी ब्रान्डका ५५ इन्च वा सोभन्दा माथिका टीभीको खरिदमा ५ हजार १९० रुपैयाँ बराबरको आकर्षक सीजीको स्पीकर र ५० इन्च सम्मका टीभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् । त्यस्तै ‘मल्टी डोर साइड बाइ साइड रेफ्रिजेरेटरहरूको खरिदमा ४ हजार ६४० रुपैयाँ मूल्य बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।

 

सीजी ब्रान्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १ हजार ५५० रुपैयाँ बराबरको सीजी भ्याकुम ‘लास्क’ र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् । यस्तै फ्रन्टलोड वासिङ मेसिनहरूको खरिदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेसिनको खरिदमा २ केजी एरियल पाउडर र स्टीम वाश डिसवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् ।

 

सीजीका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।

 

यो स्कीम अन्तर्गत सीजीका ‘लोर स्ट्यान्डिङर सिलिङ क्यासेटर स्प्लीट वाइफाइ इन्भर्टर एसीका खरिदमा ४ हजार बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।

 

सो आकर्षक योजना कम्पनीले यही चैत १० गतेदेखि देशभरमा सीमित अवधिका लागि लागू हुने जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन Read Previous

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

नेप्सेमा दोहोरो अंकको गिरावट, बीमामा उच्च आकर्षण, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, बीमामा उच्च आकर्षण, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी