अब १० लाखभन्दा बढीको सेयर खरिद गर्दा लगानीको स्रोत खुलाउनु पर्ने

काठमाडौं । अब कुनै पनि व्यक्ति वा संस्थाले १० लाखभन्दा बढीको सेयर कारोबार गर्दा त्यसको लगानीको स्रोत खुलाउनु पर्ने भएको छ ।

 

यही बुधबार (असोज १ गते) देखि लागू हुने कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गर्ने सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७६ मा मार्फत यस्तो व्यवस्था गरिएको छ ।

सेयर बजारमा कालोधन रोक्नको लागि सरकारले नयाँ निर्देशिका लागू गर्न लागेको हो । नयाँ निर्देशिकामा व्यवस्था भएअनुसार २५ लाखभन्दा माथिको कारोबार गर्ने व्यक्ति वा संस्थालाइ निगरानी गर्ने व्यवस्था गरिएको छ ।

 

कसैले एकै पटकमा २५ लाखसम्मको शेयर खरीद गरे या पटक पटक गरेर १ करोड भन्दा बढीको शेयरको खरीद गरे त्यसमाथि निगरानी हुने गरी व्यवस्था गरिएको छ । यस्तै १० लाखभन्दा बढीको सेयर खरीद गर्दा तीनपुस्ते विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ।

आरटीजीएस प्रणाली लागू , अब चेक नकाटी सिधै एक बैंकबाट अर्कोमा भुक्तानी हुने Read Previous

आरटीजीएस प्रणाली लागू , अब चेक नकाटी सिधै एक बैंकबाट अर्कोमा भुक्तानी हुने

सेयर बजारमा पहिरो जाने क्रम जारी, दोहोरो अंकको गिरावट Read Next

सेयर बजारमा पहिरो जाने क्रम जारी, दोहोरो अंकको गिरावट