चीनमा विमान दुर्घटनापछि भारतमा बोइङ ७३७ जहाजमा उच्च निगरानी

काठमाडौं । सोमबार चालकदलका सदस्यसहित १३२ जना सवार चाइना ईस्टर्नको उडान नम्बर एमयू ५७३५को विमान चीनको ग्वाङ्शी प्रान्तको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको थियो।

 

चीनको विमान दुर्घटनापछि भारतको वायुसेवा नियामक निकायले बोइङ ७३७ मोडलका सबै विमानहरूलाई ‘उच्च निगरानीमा’ राखेको जनाएको छ।

 

भारतले बोइङ ७३७ मोडलका सबै विमानहरू उडान प्रक्रिया र सञ्चालन लगायतका विषयहरूको निगरानीका लागि टोलीहरू पठाएको जनाएको छ।

 

‘उडान सुरक्षा एउटा गम्भीर विषय हो र हामी परिस्थितिलाई नजिकबाट अध्ययन गरिरहेका छौँ,’ भारतको नागरिक उड्डयन सङ्घका महानिर्देशक अरुण कुमारले भने, ‘तत्कालका लागि हामीले बोइङ ७३७ का जहाजहरूलाई उच्च निगरानीमा राखेका छौँ।’

 

अमेरिकी विमान निर्माता बोइङले अनुसन्धानलाई सहयोग गरिरहेको र अमेरिकी राष्ट्रिय पारवहन सुरक्षा बोर्डसँग सम्पर्कमा रहेको जनाएको छ। विश्वभरि बोइङ ७३७-८०० मोडलका ४,२०८ वटा यात्रुवाहक विमान सञ्चालनमा रहेको उड्डयन विश्लेषक संस्था सिरियमले जनाएको छ। तीमध्ये एकचौथाइभन्दा बढी विमानहरू चीनमा रहेको बताइन्छ।

 

अख्तियारमा मुद्दा परेको कम्पनीले पायो तीनकुने आर्कब्रिजको ठेक्का, १ महिनाभित्र काम सुरू Read Previous

अख्तियारमा मुद्दा परेको कम्पनीले पायो तीनकुने आर्कब्रिजको ठेक्का, १ महिनाभित्र काम सुरू

ब्रोकर नं. ११ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण Read Next

ब्रोकर नं. ११ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण